Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

आज लुम्बिनी प्रदेशमा  राष्ट्रियसभा उपनिर्वाचन , मतदान गर्न जसपाका ४ सांसदले पनि पाउने

आज लुम्बिनी प्रदेशमा  राष्ट्रियसभा उपनिर्वाचन , मतदान गर्न जसपाका ४ सांसदले पनि पाउने

images
  • 1.4K
    SHARES
  • images

    आज लुम्बिनी प्रदेशमा  राष्ट्रियसभा उपनिर्वाचन ,    मतदान गर्न जसपाका ४ सांसदले पनि पाउने

    रुपन्देही । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको । उपनिर्वाचनमा रिक्त एक सदस्य पदका लागि आज विहान ९ बजेदेखि ३ बजेसम्म दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा मतदान हुँदैछ। उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभाका ८३ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको १८ मतभार गणना हुन्छ ।

    अर्घाखाँचीका चन्द्रबहादुर खड्का; नेकपा (माओवादी केन्द्र)बाट विजयी एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।

    जसपाको महन्थ ठाकुर पक्षको समर्थनमा एमालेले निर्वाचनमा खड्कालाई नै उम्मेदवार बनाएको छ । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्डे हालै मात्र एमाले परित्याग गरी; प्रदेशसभा सदस्यबाट राजीनामा दिंदै नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको समर्थन छ ।

    सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेकोले उपनिर्वाचनमा जनता समाजवादी पार्टीका ४ जना सांसद मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालयले मतदाता सूची सच्याएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology